ओलीले गरे संसद विघटनको प्रतिरक्षा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३३ दिन अगाडि
ओलीले गरे संसद विघटनको प्रतिरक्षा

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन् ।

निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ भएछ त्यसो भए । संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ । प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन ।’ 

उनले संसदबाट सरकार बन्नु र  ढल्नु प्रतिगमन नभएको जिकिर गरे । उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ । अहिलेको गठबन्धन प्रगितमनको पक्षमा छैन्, जाँदैन ।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए ।