बार्सिलोनाको एट्लेटिकोमाथि सोझो जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४४ दिन अगाडि
बार्सिलोनाको एट्लेटिकोमाथि सोझो   जित

काठमाडौं -  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । ओसुमाने डेम्बेलेले बार्सिलोनाको जितमा निर्णायक गोल गरेका िथए । उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका साभिक र बार्सिलोनाका फेरान टोरेसले रातो कार्ड पाएका थिए ।  जितसँगै बार्सिलोना ४१ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । एट्लेटिको २७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।