काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।
रामआशिष यादवले पनि मुख्यमन्त्रीमा आफ्नो दावेदार दिएका छन् । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् ।
जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।