नेपाल टी-ट्वान्टी लिगको फाइनलमा लुम्बिनी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४५ दिन अगाडि
नेपाल टी-ट्वान्टी लिगको फाइनलमा लुम्बिनी

काठमाडौं - लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार टियु मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  । जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे ।  लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २÷२ तथा श्याड्ली भानले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । 
लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाउँदा अनिल शाहले २४ रन बनाए । विपुल शर्मा २० रनमा आउट हुँदा श्याड्ली भान १७ रनमा अविजित रहे ।  लाहिरु मिलान्थाले १६ रन बनाए । 
जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २÷२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । 
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।