काठमाडौं – प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभाको अधिवेशन २५ गतेका लागि बोलाइएको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।
उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’