एजेन्सी- फिफा विश्वकप २०२२ को विजेता रहेको अर्जेन्टिनाको जितमा प्रभावकारी भूमिका निर्वाह गरेका फर्नान्डेज यो सिजनको सुरुवातमा युरोप आएका थिए ।
अहिले युरोपको नजरमा परेका खेलाडी हुन् अर्जेन्टिनाका युवा मिडफिल्डर इन्जो फर्नान्डेज । कतारमा सम्पन्न भएको फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका २१ वर्षीय फर्नान्डेजले मेक्सिकोविरुद्ध गोल समेत गरेका थिए ।
फिफा विश्वकप २०२२ को विजेता रहेको अर्जेन्टिनाको जितमा प्रभावकारी भूमिका निर्वाह गरेका फर्नान्डेज यो सिजनको सुरुवातमा युरोप आएका थिए ।
उनि २०२२ जुन २३ मा अर्जेन्टिनाको रिभर प्लेटबाट १० मिलियन युरोमा पोर्चुगलको बेन्फिकामा आबद्ध भएका थिए । उनिले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनीमाथि अहिले युरोपका चर्चित क्लबले नजर लगाइरहेका छन् । स्काइ स्पोर्ट्सले उनको रिलिज क्लज १२० मिलियन युरो राखेको जनाएको छ।
बिबिसीको जानकारी अनुसार उनलाई चेल्सीले भित्र्याउन पहल गरिरहेको छ। तर चेल्सी उनको रिलिज क्लब सुरुमै तिर्न तयार भने छैन। स्काइ स्पोर्ट्सले चेल्सीलाई भित्र्याउन किस्तामा रकम तिर्न प्रस्ताव गरेको दाबी गरेको छ। तर उनलाई बेन्फिकाले अहिले क्लबमै राख्न चाहेको छ। बेन्फिकाले यो सिजनको समाप्ति पछि उनीसँग थप सम्झौता गर्ने तयारी गरेको छ।