काठमाडौं - राष्ट्रिय दलित आयोगका पूर्व–सदस्यसमेत रहुन भएका एमाले नेता वुद्धिमान परियार भारतीय दलित साहित्य एकेडेमीद्वारा सम्मानित भएका छन्।
एकाडेमीले परियारलाई ‘डा. अम्बेदकर ब्रदरहुड इन्टरनेसनल अवार्ड २०२२’ बाट सम्मानित गरेको हो । विशेष गरेर समाजमा दलितहरूको हक, हित र अधिकारका लागि परियारले गर्दै आएको काम र अवका दिनमा पनि सोहि ढंगबाट लाग्ने विश्वाससहित उनलाई सम्मान गरिएको हो ।
विद्यार्थी जीवनबाटै नेकपा एमालेमा आवद्ध रहि राजनीति गर्दै आएका परियार हाल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रदेश नं. १ को नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका छन्।
डा. अम्बेदकर भारतमा जातिय व्यवस्था उन्मुलनका एक कुशल नेतृत्व कर्ता थिए । जसले भारतीय संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।