काठमाडौं । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी भएका छन् ।
नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गरेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत गरेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का विशाल खड्का विजयी भएका थिए । खड्काले कांग्रेसका लामालाई पराजित गरेका थिए ।