महोत्तरी-३ मा महन्थ ठाकुर विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७९ दिन अगाडि
महोत्तरी-३ मा महन्थ ठाकुर विजयी

महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

उनले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।