विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।
कतारकाे एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।
समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । याे खेल नेपाली समयानुसार राति ९:४५ बजे हुनेछ भने अर्काे खेल राति १२:४५ मा हुनेछ ।