एनआरएनए र पीएएफबीचको खेल नतिजाविहिन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४५७ दिन अगाडि
एनआरएनए र पीएएफबीचको खेल नतिजाविहिन

काठमाडाै‌ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा नआएर सकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो । वर्षाका कारण खेल रोकिनु अघि एनआरएनएले पहिले ब्याटिङ गर्दै १९ ओभरमा झारिएको खेलमा १३ ओभर ३ बलमा २ विकेट गुमाएर १२० रन बनाएको थियो ।

एनआरएनएका कप्तान सुनाम गौतमले ४५ रन बनाए । दुबै टोलीले एक एक अंक बाँडेका छन् । समूह  ‘बी’  एनआरएनएले २ खेलमा ३ अंक जोडेको छ । एनआरएनएले पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो । एपीएफले १ खेलमा १ अंक जोडेको छ । वर्षकै कारण मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल रद्द भएको थियो ।