अवैध भारतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४५६ दिन अगाडि
अवैध भारतीय कार सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडाै‌ । सशस्त्र प्रहरीले वीरगञ्जबाट अवैध भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।

तीन दिनको ईजाजत पत्र बनाई ११८ दिनसम्म राखिएको कार नियन्त्रणमा लिएको हो । भदौ २१ गते दिउँसो साढे २ बजे वीरगञ्ज–१६ भन्सार रोडमा बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीलाई देख्ने वित्तिकै कार छोडेर चालक भागे ।

बीआर ०६ एभी ५९१४ नम्बरको सेतो कार चेकजाँच गर्दा गौर भन्सार कार्यालय रौतहटबाट बैशाख २६ गतेदेखि २८ गतेसम्मको इजाजत पत्र बनाई नेपाल प्रवेश गरी १ सय १८ दिन नेपालमै राखिएको रहेछ । कारको मुल्य २० लाख रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल १३ नं गणका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।